काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हाम्रो पक्षका नेताहरु जो काठमाडौँमा उपलव्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो’, ज्ञवालीले भने, ‘धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खवर गरिएको छ ।’
ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए । ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’, ज्ञवालीको भनाइ छ ।
यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् । ओलीले फागुन २३ पछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव(झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरको सो पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ ।
उता, बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय