आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ०८ : ४६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि अरु क्षेत्रमा भने  सफा रहने जनाएको छ । देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । 

यस्तै राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस