ललितपुर प्रशासनले भन्यो : ‘रात्रिकालिन व्यवसाय नगर्नु, नगराउनु’

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, २० : ५४
ललितपुर प्रशासनले भन्यो : ‘रात्रिकालिन व्यवसाय नगर्नु, नगराउनु’

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको डिस्ट्रिक कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) को बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको हो।

राति ११ बजेपछि सञ्चालन हुने व्यवसायमा रोक लगाउन प्रशासन कार्यालयले निर्देशन दिएको हो। त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षाका मापदण्डको व्यवस्था मिलाउन भनिएको छ।  

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरेको थियो। त्यही परिपत्र अनुसार ललितपुरका अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी गराउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस