गृहमन्त्रालयले भन्यो–  क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा  राख्नू

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १५ : ५०
गृहमन्त्रालयले भन्यो–  क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा  राख्नू

काठमाडौँ । कोरोना भाइरसको संक्रमण फेरि बढ्ने संकेत देखिएको छ । छिमेकी मुलुक भारतमा संक्रमणको संख्या बढ्न थालेपछि त्यसको असर नेपालमा पनि पर्छ । खुला सीमा नाकाका कारण कोरोना भाइरसको संक्रमण फेरि नेपालमा पनि बढ्नेसक्ने देखिएको छ । 

कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न भनेको छ । मन्त्रालयले पत्र पठाएर क्वारेन्टिन र आइसोलेसनहरू पहिलेको अवस्थामा फर्काउन भनेको छ । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएर कोरोनाको जाखिम अझ बढ्न सक्ने हुनाले सम्पूर्ण अवस्थामा तयारी नै रहन भनेको छ । भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना भएकाले स्थानीय प्रशासनले सचेत बनाएका छन् । जिल्ला प्रशासन काष्र्यालयहरुले भीडभाड हुन नदिनु परिपत्र गरेका छन् । सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देशहरू प्रशारण गर्न पत्रमा आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस