एमालेमा माधव पक्षको निर्णयले जोगियो पौडेल र राईको मुख्यमन्त्री पद

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १५ : २६
एमालेमा माधव पक्षको निर्णयले जोगियो पौडेल र राईको मुख्यमन्त्री पद

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दुबै केपी शर्मा ओली पक्षका नेता हुन् । यी दुई मुख्यमन्त्रीलाई हटाउन अविश्वास प्रस्तावसमेत दर्ता भएको थियो । दुबैको मुख्यमन्त्रीको पद धरापमा थियो । अन्तत अब दुबैको मुख्यमन्त्री पद जोगिएको छ । एमालेमा माधव पक्षको निर्णयले मुख्यमन्त्री पौडेल र राईको मुख्यमन्त्री पद यस पटक जोगिएको एक नेताले बताए । 

प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव एमालेमा माधव पक्षले फिर्ता गर्ने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेसँग मुख्यमन्त्री पौडेल र राईको गुमिसकेको पद जोगिएको हो ।

‘बागमती र प्रदेश १ मा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय हामीले गरेका छौँ, एउटै पार्टीभित्र रहेर आफ्नै नेताहरुविरुद्ध अविश्वास प्रस्ताव लैजानु भएन’ माधव पक्षका एक नेताले भने । उनका अनुसार  एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता लिनेछौँ ।  प्रदेश १ का अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईका अनुसार हामीले विश्वास प्रस्ताव फिर्ता लिएर यही सरकारलाई अघि बढाउँछौँ । 

प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अदालतले माओवादी केन्द्र र माधव पक्ष आ–आफ्नो घर फर्केका हुन् । 

प्रतिक्रिया दिनुहोस