आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, ०८ : ४४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले आजको  देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली भएपनि मौसम सफा रहने जनाएको छ । 

स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ ।  आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ  । यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज रातिको मौसमको अवस्था पनि थोरै स्थानबाहेक देशका धेरै भूभागमा सामान्य नै रहने पूर्वानुमानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस