आजको मौसम पूर्वानुमान : मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, ०८ : २३
आजको मौसम पूर्वानुमान : मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा पनि आंशिक देखि सामान्य बदली रहने  जनाएको छ । पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस