एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको अध्यक्षमा श्रेष्ठ चयन, सचिवमा अधिकारी

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, २१ : १७
एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको अध्यक्षमा श्रेष्ठ चयन, सचिवमा अधिकारी

चितवन । एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुर चितवनको चौथो वर्षिक साधारण सभाले उदय कृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा अजय पोख्रेल चयन भएका छन् ।

यस्तै सचिवमा बिष्णु अधिकारी, सहसचिवमा आकास शर्मा, कोषाध्यक्षमा वर्षा मल्ल र सहकोषाध्यक्ष कञ्चन न्यौपाने चयन भएका छन् ।  त्यस्तै सदस्यहरुमा दीपक खनाल, कपिल अधिकारी, साकार लामा, दिवस पण्डित, अनिल रेग्मी चयन भएका छन् । 

निवर्तमान अध्यक्ष कृष्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि रत्नप्रसाद लामिछाने रहेका थिए । सभामा ईश्वरीप्रसाद कैराल, बाबुराम उपाध्याय ढकाल, कृष्ण मल्ल ठकुरी, शिवहरि घिमिरे, दीपेन्द्र कुमार श्रेष्ठ, बलिभद्र न्यौपानmे भरतकुमार आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस