काठमाडौं । बालुवाटारमा जारी संसदीय दलको बैठकले नेपाल खनाल समूहमा रहेका सांसदहरुलाई फर्किएर आत्मआलोचना गर्न आह्वान गरेको छ । नेकपा एमालेले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु आत्मालोचनासहित उपस्थित नभए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक सांसदका अनुसार गुटगत भेला नगर्न पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । यो आह्वानलाई नमाने स्पष्टीकरण सोधिने छ ।
स्पष्टीकरण सोधिसकेपछि कारवाहीका लागि सहज हुने ती सांसदको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
माओवादीले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?
कांग्रेसले बोलायो संसदीय दलको बैठक