सर्वोत्तम सिमेन्टको आईपीओ जारी गर्नका लागि  बिक्री प्रवन्धक नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ११ : ५९
सर्वोत्तम सिमेन्टको आईपीओ जारी गर्नका लागि  बिक्री प्रवन्धक नियुक्त

काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।

आजै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले दावी गरेको छ ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी आईपीओ जारी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस