कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, ११ : ५९
कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका २ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका ४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस