आज सुनको मुल्य तोलाको कति पुग्यो ?

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १० : ५०
आज सुनको मुल्य तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ।  सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।
 

प्रतिक्रिया दिनुहोस