विष्फोट स्थलमा गोइत समूहको पर्चा भेटियो

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १४ : ४६
विष्फोट स्थलमा गोइत समूहको पर्चा भेटियो

काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

आइतबार दिउँसो भएको सो विष्फोटमा परी १० जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस