सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, ११ : १६
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस