शिवमले ल्यायो ४३ ग्रेडका सिमेन्ट बजारमा

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, ११ : १०
शिवमले ल्यायो ४३ ग्रेडका सिमेन्ट बजारमा

काठमाडौं । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । यसका साथै शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । 

हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम् लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड समेत पाएको कम्पनी ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै  पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो ।

‘अब हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन एनएस–५७२ प्रमाणीकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न योग्य छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस