कोरोना अपडेट : शनिबार थपिए ६० कोरोना संक्रमित, ७२ जना भए डिस्चार्ज

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १६ : ०३
कोरोना अपडेट : शनिबार थपिए ६० कोरोना संक्रमित, ७२ जना भए डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार २ सय ४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ ।