छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ११ : ०७
छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काडमाडौं । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा ४४ बर्षिया बुबा पक्राउ परेका छन् ।

उनले फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षीया छोरीलाई बलात्कार गरेको आरोप छ । बालिकाकी आमाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । 

आज जिल्ला प्रहरी कार्यालय बझाङमा पत्रकार सम्मेलन गरेर बलात्कार आरोपी बुबालाई सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस