आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ०८ : ०९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेका कारण देशका केही  स्थानहरुमा हल्का वर्षा भएको छ। शनिबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस