गोकर्णेश्वर नगरपालिकाले ‘नगर तेक्वान्दो’ खेलाडी छनौट प्रतियोगिता गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १७ : ०२
गोकर्णेश्वर नगरपालिकाले ‘नगर तेक्वान्दो’ खेलाडी छनौट प्रतियोगिता गर्ने

file photo

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले शनिबार नगर तेक्वान्दो खेलाडी  छनौट प्रतियोगिता गर्ने भएको छ । नगर, क्षेत्र, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म तेक्वान्दो खेलाडी पु¥याउने उद्देश्य रहेको भन्दै आयोजक गोकर्णेश्वर नगरपालिकाले छनोट प्रतियोगिता गर्न लागेको जानकारी दियो ।

छनोट प्रतियोगितामा पुम्से २ विधा र गेरोगी विधा गरी १९ विधामा प्रतिस्पर्धा हुनेछ । ईष्टपोल उच्च माविको मैदानमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई प्रशिक्षक नियुक्त गरेर क्लोज क्याम्पमा राख्ने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेता, दोस्रो, तेस्रोलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रदान गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस