काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले १ सय ११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ ।
अनेमसंघले शुक्रबार पत्रकार सम्मेलन गरि भेला बारे जानकारी गराएको हो । भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ ।
भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । “संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हिन तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने अनेम संघकी सचिव सुजीता शाक्यले जानकारी दिईन् ।
अनेमसंघको संयोजनमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरिनुको साथै यही फागुन २४ गते संघीय राजधानी काठमाण्डौमा र्याली तथा सभा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १६ : २४
लेखकबाट थप