चितवन । किसानलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन र सुकाउने त्रिपाल प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले १७ वटा कृषि फार्म, समूह तथा सहकारीलगायतका सङ्घसंस्थामा आवद्ध किसानलाई ती सामान हस्तानान्तरण गरेको हो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायतले किसान तथा कृषक समूहलाई सामान हस्तानान्तरण गरे ।
कृषि ज्ञान केन्द्र प्रमुख ढकालले मकै छोडाउने दुई ठूला मेसिन (ट्र्याक्टर अपरेटर), सातवटा सानो मेसिन (इलेक्ट्रिक मोटर अपरेटर) र ५०० थान त्रिपाल वितरण गरिएको जानकारी दिए ।
पचास प्रतिशत कार्यालय र ५० प्रतिशत किसानको लगानीमा ती सामान खरिद गरिएको ढकालले बताए । मकै उत्पादन प्रवद्र्धन कार्यक्रम चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा लागू गरिएको प्रमुख ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
बिआरआई अन्तर्गत अनुदान उपयुक्त हुन्छ : प्रकाशमान सिंह
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
अनुदान नीतिले दुध उत्पादनमा वृद्धि
एलपी ग्याँसमा दिँदै आएको अनुदान हटाउन सिफारिस