काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने लागेको ओली नेतृत्वको नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यसअघि बैठक संसद भवनको ल्होत्से हलमा भनिएपनि अन्तिम समयमा आएर बालुवाटारमै बैठक राखिएको उनको भनाइ छ । प्रचण्ड–नेपाल पक्षका सांसदलाई बैठकमा आउन जानकारी गराइएको उनले बताए । प्रचण्ड–माधव पक्षले भने शुक्रबारै बैठक बसेर दलको नेता प्रचण्डलाई चयन गरेको छ ।
भट्टराईका अनुसार भोलिदेखि शुरु हुने संसद अधिवेशनमा पार्टीको रणनीति र सांसदहरूको भूमिकाबारे छलफल हुने छ । शुक्रबार मात्र नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।
यस्तै ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–नेपाल पक्षको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले डाक्यो संसदीय दलको बैठक
माओवादीले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?
कांग्रेसले बोलायो संसदीय दलको बैठक