काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडी बढाउने बताएका हुन् । सबै लक्षित समुदायमा खोप पु¥याउने उनको भनाई छ ।
अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे । उनले भने, ‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडी बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पु¥याउछौँ । सबैलाई हामी क्रमशः त्यसको प्राइरोटी बेशमा भ्याक्सिन उपलब्ध गराउछौँ । सरकारले खासगरीकन आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पुरा गर्ने सन्दर्भमा पनि विकासका, निर्माणका, समृद्धिका अभियानलाई अगाडी बढाउने सन्दर्भमा पनि नीजि क्षेत्रको बैंक, वित्तीय संस्थाहरुको मनोबललाई उठाएर अगाडी बढाउने सन्दर्भमा पनि महत्वपूर्ण कामहरु गरेको छ भन्ने मेरो यहाँहरुसँग जिकिर छ ।’
अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए । उनले भने, ‘विद्युतको डिमान्ड शुल्क बारे हामीले एउटा निर्णय ग¥यौँ । उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय ग¥यौँ । पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौँ ।’
अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनकोे भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री पौडेल
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री
जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा हो : अर्थमन्त्री पौडेल
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक: अर्थमन्त्री पौडेल