पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, ०८ : १९
पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

file photo

भरतपुर । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो शनिबार (आज) एक हप्ताका लागि बन्द गरिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। यो सडक खण्डको   चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिइन्। उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए। यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए ।

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस