काठमाडौं । कमलपोखरीको जग्गा मिच्नेलाई म्याद तामेल गर्न नसकिएको १४ वर्ष भयो । नेपाल सरकारका नाममा नापी भएपछि पोखरी लगत अभिलेखअनुसार कडेल्चोक भगवतीका नाममा कायम हुन सकेपछि जग्गा मिच्नेउपर कारबाही गर्न सकिएको छैन ।
गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार तत्कालीन भूभिसुधार तथा व्यवस्था मन्त्रालयमा पोखरी सरकारका नामबाट कडेल्चोक भगवतीका नाममा कायम गर्न गरिएको अनुरोध अगाडि नबढेपछि जग्गा मिच्नेउपर संस्थानले म्यादसमेत तामेल गर्न पाएको छैन ।
अहिले कमलपोखरीको निर्माण सुधार कार्य थालिएपछि पोखरी चर्चाको विषयमा छ । काठमाडौँ महानगरपालिकाले पोखरीलाई सुधार गर्न र रमणीय बनाउन काम थालेको छ । महानगरका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार पोखरीलाई साबिक अनुसार पुरातात्विक महत्व कायम गर्दै सुधार गर्नुपर्छ भन्ने जनमत छ, सम्पदाप्रेमीले यहाँ कङ्क्रिटसहितको निर्माण हुन दिनुहुन्न भनेर चर्को विरोध गरिरहेका छन् । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले पोखरी सम्पदा रहेकाले यसको महìवलाई खलल पुग्न हुन्न भन्ने विभागको अडान छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ फागुन २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीकापुरको करिब ७ बिघा जग्गा सरकारलाई फिर्ता हुने, ८७ जना दोषी ठहर (पुर्णपाठसहित)
पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव
अनुचित लेनदेन भएको खुलेपछि फिर्ता भयो सात कठ्ठा जग्गा
पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
सार्वजनिक जग्गाको विवरण खोज्न पुनः नापी मात्रै विकल्प
ऐलानी जग्गा खोज्दै विराटनगर महानगर