सुनको मुल्यमा आजपनि भारी गिरावट, कतिमा हुँदैछ कारोबार

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ११ : ३४
सुनको मुल्यमा आजपनि भारी गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको हो ।  स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६००  मूल्य निर्धारण भएको छ । छापावाला सुन  बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो । 

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।  यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।

तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस