चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला हुँदै

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १३ : ०३
चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला हुँदै

चितवन । चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला आयोजना हुने भएको छ । नेपाल डायरीजको आयोजनामा चैत्र २७ र २८ गते 'ग्ल्याम अप नेपाल २०२१' हुने भएको हो ।

बिगतमा हुँदै आएको 'ग्ल्याम अप नेपाल' लाई नै यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको नेपाल डायरीजका प्रवन्ध निर्देशक बिनेश थापाले जानकारी दिए । उक्त मेलामा सौन्दर्य तथा फेसन डिजाइनिङ सम्बन्धित प्रशिक्षणदेखि फेसन शोसम्मका कार्यक्रम हुने थापाले जानकारी दिए ।

पर्व वेन्क्विटमा हुने उक्ता मेलामा सौन्दर्यसँग सम्बन्धित ३० वटा भन्दा बढी स्टलहरु रहनेछन् । ति स्टलहरुमा सौन्दर्य तथा सँस्कृति झल्किने सामाग्रीहरु राखिनेछ । यस्तै नेपालकै ख्यातीप्राप्त ब्युटिसियन तथा फेसन डिजाइनरहरुले प्रशिक्षण दिनेछन् । उक्त कार्यक्रममा ब्युटिसियन तथा फेसन डिजाइनरहरुलाई प्रशिक्षण दिइनेछ ।

थापाका अनुसार फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रत्यक्ष रुपमा २ सय जनाको सहभागीता रहनेछ । यस्तै सौन्दर्य सम्बन्धी प्रशिक्षणमा प्रत्यक्ष रुपमा ८०० भन्दा बढी सहभागी हुने उनले बताए ।

दुबै दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रशिक्षण कार्यक्रम हुनेछ भने साँझ ६ बजेदेखि १० बजेसम्म फेसन शोको रन वे सेसन हुनेछ । पेज ३ स्तरको शोमा ६५ भन्दा बढी मोडलहरु सहभागी हुनेछन् । जसमा युवा, युवती र बाल मोडलहरु रहनेछन् ।

फेसन शोमा सहभागीताका लागि अनलाइन फारम खुल्ला गरिएको छ । फारम भर्नेहरुको २२ गते शनिबार नेपाल डायरीजको कार्यालय शहिदचोक संगम मार्केटमा अन्तर्वाता हुनेछ । छनौट भएका सहभागीहरुलाई कोरियोग्राफरले प्रशिक्षण दिनेछन् ।

उनिहरुले फेसन र सँस्कृति झल्कने एक सय वटा छुट्ट छुट्टै सिक्वेन्स प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रममा नेपालकै चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुने नेपाल डायरीजका सञ्चार संयोजक अनिल घिमिरेले जानाकारी दिए ।

चितवनमै यस किसिमको फेसन मेला पहिलो पटक आयोजना हुन लागेको घिमिरेको भनाइ छ । करीब ६ हजार जनाले मेला अवलोकन गर्ने उनले बताए । ब्युटिसियन, फेसन डिजाइनिङ तथा मोडलिङमा भविष्य बनाउन चाहनेहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस