महालक्ष्मी विकास बेैंकद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, ११ : १४
महालक्ष्मी विकास बेैंकद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

काठमाडौ । महालक्ष्मी विकास बैंक लि को भैरहवा शाखाले सिद्दार्थनगर न. पा.–४, दोगहरामा रहेको दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

सिद्दार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्दता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस