एजेन्सी । म्यानमारमा कु गरेर निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु माथि सेनाले गोली चलाउदा कम्तीमा ३८ जनाको हत्या भएको छ ।
बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको ज्यान गएको हो । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा बुधबार सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको हो । प्रदर्शनकारीमाथि भएको ज्यादती तथा बल प्रयोगलाई संयुक्त राष्ट्रसंघले निन्दा गर्दै बुधबारको दिन रक्तपातपूर्ण रहेको उल्लेख गरेको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय दूत क्रिष्टिन श्रेनर बर्गनरले ज्यादतीका गम्भीर भिडियोहरु आइरहेको बताएकी छन् ।
सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् । प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र सुकीसहितका निर्वाचित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० फागुन २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु