मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

रासस

मंगलबार, १८ फागुन २०७७, १९ : ३१
मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

काठमाडौं । मोरङमा तेस्रो चरणको कोरोना खोप लगाउने कार्य यही फागुन २३ गतेदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अवधिमा ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा  सामुदायिक तथा निजी विद्यालयका छुट शिक्षकलाई खोप लगाइने जानकारी दिइयो ।

तेस्रो चरणअन्तर्गत एक लाख ३५ हजार ४३९ लाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा सुरेश मेहताले बताउनुभयो । उहाँले खोप पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिँदै कोरोना भाइरस फैलिन नदिने तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको बताउनुभयो ।    खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ ।

खोपका लागि आवश्यक दक्षता प्रदान गर्न यही फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरलाई तालीमको व्यवस्था गरिने भएको छ । खोप लगाउने कार्यको  सफल कार्यान्वयनका लागि जिल्लास्थित पालिका, वडा तथा महिला स्वयंसेविकाको बैठक बस्ने भएको छ ।

सम्पूर्ण स्वास्थ्य केन्द्रमा फागुन २२ गतेसम्म खोप पु¥याइन आवश्यक व्यवस्था गरिएको डा महेताले जानकारी दिनुभयो । मोरङ जिल्लामा पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम गएको माघ १५ देखि २४ गतेसम्ममा कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङहोम, विराट वृद्धाश्रम र मोरङ कारागारबाट पाँच हजार ८५९ लाई दिएको थियो ।

यसैगरी दोस्रो चरणअन्तर्गत खोप कार्य गएको फागुन १ देखि १० गतेसम्म कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, पालिकाको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन सङ्घ मोरङ र वीरेन्द्रसभा गृहमा गरी पाँच हजार ३३४ लाई लाइएको थियो । 

जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १९३  लाई ९२ दशमलव प्रतिशत पाँच प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिनुभयो । विगत एक हप्ता अगाडि तथ्याङ्कअनुसार नेपालमा चार लाख र विश्वमा करिब पाँच करोडले खोप लगाइसकेका छन् भने अहिले पनि विश्वका १३० मुलुकमा खोप नपाएको सोही अवसरमा जानकारी दिइयो ।