काठमाडौँ । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।
एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन) लाई विकास गर्न लागिएको जानकारी दिए । “एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रबद्र्धनमा लाग्नेछ”, उनले भने ।
एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ । एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ फागुन २०७७, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन
आज विश्व पर्यटन दिवस मनाइँदै
पर्यटन बोर्डअगाडि अपाङ्गता भएका व्यक्तिको प्रदर्शन
लयमा फर्कियाे इलामको पर्यटन, पर्यटकको सङ्ख्यामा वृद्धि