वामदेव गौतमले सचिवालय बैठक धुम्बाराहीमा बोलाउन प्रचण्ड र ओलीसँग माग गरे

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, ०९ : ३५
वामदेव गौतमले सचिवालय बैठक धुम्बाराहीमा बोलाउन प्रचण्ड र ओलीसँग माग गरे

काठमाडौं । नेकपा विभाजनमा कतै नखुली पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेर बसेको वामदेव गौतमले  प्रचण्ड र केपी ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउन माग गर्दै गौतमले एकता जोगाउने अवसर आएको बताएका छन् ।

उनले प्रतिनिधीसघा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वाेच्चले बदर गरिदिएपछि प्रचण्ड र ओली दुवैलाई सचिवालय बैठक बोलाउन माग गरेका हुन् । उनले आज एक वक्तब्य जारी गर्दै सर्वाेच्चको फैसलालाई स्वागत गरेका छन् । ओलीलाई तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन र दुवै नेतालाई सचिवालय वैठक बोलाउन माग गरेका छन् । 

‘संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको बलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो’ वामदेवले वक्तब्य निकाल्दै भनेका छन्,–‘ प्रधानमन्त्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ ।

आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान कानून, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनविजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु ।’ 

नेपालको नागरिकका हैसियतमा भन्दै उनले तीन बुँदे माग गरेका हुन् । उनले राष्ट्रपतिलाई पनि वक्तब्य निकाले सवैधानिक निकायको निर्णयलाई हार्दिए स्वागत गदै प्रतिनिधीसभा अधिवेशन आह्रवान गर्न माग गरेका छन् ।  ‘प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पदबाट ढिला नगरी तुरुन्त राजिनामा दिनुपर्छ’ गौतमले भने,–‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

ओलीले ५ पुसमा प्रतिनिधीसभा विघटन गरेपछि नेकपा ब्यवहारिक रुपमा विभाजित अवस्थामा छ । कानुनी लडाई निर्वाचन आयोगमा जारी छ । ओलीलाई प्रचण्ड –नेपाल पक्षले पार्टीको साधारण सदस्य समेतबाट हटाईसकेको छ । प्रचण्ड–नेपाल पक्षले अब एकताको सम्भावना नरहेको बताईसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस