सङ्खुवासभा । चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ फागुन २०७७, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्थानीयले रेलमार्ग सर्भे टोलीको गाडीमा गरे आगजनी
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
अज्ञात समूहद्वारा स्मल हेभन मोडेल स्कुलको बसमा आगजनी