नेकपा विवादले देश सङ्कटमा पर्यो: महामन्त्री सिंह

रासस

सोमबार, १० फागुन २०७७, १३ : ४०
नेकपा विवादले देश सङ्कटमा पर्यो: महामन्त्री सिंह

बलेवा ।नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन्  ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए।  
 
“यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उनले भने , “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प¥यो ।” धर्मनिरपेक्षता हटाउन र  एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उहाँले लगाउनुभयो । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उनले भने । 

 

प्रतिक्रिया दिनुहोस