ओलीमाथि खनिए भीम रावल

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, ०७ : २२
ओलीमाथि खनिए भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको बताएका छन् ।

उनले ओलीले प्रधानमन्त्री पदमा बसेर सर्वोच्च अदालतलाई धम्क्याएको पनि आरोप लगाएका छन् । 

रावलले ट्वीटरमार्फत फरार अभियुक्तलाई गुटमा भित्र्याउनुका सागै आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश २ का प्रमुखलाई हटाउनुबाट ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको जिकिर समेत गरेका छन् । 

‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ’, रावलले ट्वीटरमार्फत भनेका छन् ।