यी दुई प्रदेशका प्रमुखको पनि पद धरापमा

शनिबार, ०८ फागुन २०७७, ०७ : ३५
यी दुई प्रदेशका प्रमुखको पनि पद धरापमा

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रदेश २ मा तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई नियुक्त गरेपछि अन्य दुई प्रदेशका प्रमुख पनि रेड जोनमा कान्तिपुरमा खबरमा उल्लेख छ । 

ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार दाहाल–नेपाललाई सन्देश दिने क्रमको सुरुवात परियारबाट भएको हो । ‘अब उहाँहरूको पक्षका अमिकजी र शर्मिलाजी हुनुहुन्छ,’ ती नेताले भने, ‘केन्द्र सरकारलाई उहाँहरूको कस्तो सहयोग रहन्छ र हामीलाई कस्तो मान्छेको आवश्यकता पर्छ, एकरदुई दिनमा थाहा भइहाल्छ ।’

अमिक शेरचन गण्डकी प्रदेशका प्रमुख हुन् भने शर्मिला त्रिपाठी सुदूरपश्चिम प्रदेश प्रमुख हुन् । 
 

प्रतिक्रिया दिनुहोस