प्रतिनिधीसभा विघटन विरुद्ध आन्दोलन

टुँडिखेल क्षेत्र आज मानव साङलोले घेरिदैं

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, ०८ : ३०
टुँडिखेल क्षेत्र आज मानव साङलोले घेरिदैं

काठमाडौं । प्रधानमन्त्रीको असम्वैधानिक कदमका विरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको नेकपाको बहुमत पक्ष प्रचण्ड–माधव नेपाल समुहले आज दिउँसो काठमाडौंको टुडिखेल क्षेत्रलाई मानव साङलोले घेरेर विरोध प्रर्दशन गर्ने भएका छन् । प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रर्दशन गर्ने तयारी प्रचण्ड नेपाल पक्षको छ ।

प्रतिनिधीसभा पूर्नस्थापना, असम्वैधानिक सम्वैधानिक परिषद्को नियुक्ति खारेजी लगायतको माग राख्दै यो पक्ष आन्दोलनमा छ । चौथो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत आज अपरान्ह ३ बजेर ३० मिनेट देखि टुँडिखेल क्षेत्र मानव साङलोले घेर्ने तयारी रहेको केन्द्रीय संर्घष समितिका संयोजक समेत रहेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रचण्ड नेपाल समुहले हिजो देखि फागुन १५ सम्मका लागि चौथो चरणको संर्घषका कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अन्र्तगत हिजो देखि फागुन १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन र सभा लगायतको विरोध कार्यक्रम हुनेछन् ।

त्यस्तै, भोली फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा वडा तहमा हस्ताक्षरको कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको श्रेष्ठले बताए । यस्तो हस्ताक्षर कार्यक्रममा वडा तह का पार्टी कमिटि र जनवर्गीय संगठनहरुले समेत आ–आफनो तहबाट आयोजना गर्ने गरी तय भएको छ । 

त्यस्तै, फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम वुद्धिजिवि र पेशागत संगठनहरुको तर्फबाट आयोजना गरिनेछन् । फागुन ९ मा प्रतिगमन, महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम आयोजना गर्ने गरी तय भएको छ ।

यो समुहले चितवन, दाङ, जनकपुर र नेपालगन्जमा विरोध प्रर्दशन सहितको सभा आयोजना गर्ने र ति सभामा पार्टीका दुवै अध्यक्षले पुगेर सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन् । चितवनमा फागुन १२ र दाङमा फागुन २१ मा सभासहितको विरोध प्रर्दशनको कार्यक्रम तय भएको छ । फागुन १४ गते काठमाडौंमा युवा ¥याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम आयोजना गर्ने गरी संघर्ष समितिले कार्यक्रम बनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस