एजेन्सी । भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको निमिट्टा रेलवे स्टेशनमा अज्ञात समूहले मन्त्री जाकिर हुसेनमाथि बम प्रहार गरेको छ। बम आक्रमणमा परी मन्त्री हुसेन गम्भीर घाइते भएका छन्। भारतीय प्रहरीका अनुसार मन्त्रीसँगै कम्तीमा दुई अन्य मानिस पनि घाइते भएका थिए।
रेलमन्त्री पीयूष गोयलले उक्त हमलाको भर्त्सना गरेका छन्। उनले पश्चिम बंगालको निमिट्टा रेलवे स्टेशनमा भएको विनाशकारी बम हमलाको निन्दा गरेका छन्।
पश्चिम बंगाल पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार श्रम राज्यमन्त्री हुसेन स्टेशनको दुई नम्बर प्लेटफार्ममा बेलुका १० बजे कोलकाता जान ट्रेनको पर्खाइमा थिए। बम विस्फोट हुँदा उनको खुट्टामा चोट लागेको छ। उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणको जिम्मा कसैले लिएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ फागुन २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले बन्द गर्यो पाकिस्तानसँगको मुख्य सीमा, सिन्धु सन्धि निलम्बन
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते