कांग्रेस महाधिवेशन भदौमा गर्ने प्रस्ताव, केन्द्रीय समिति बैठक सुरू

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, १७ : २०
कांग्रेस महाधिवेशन भदौमा गर्ने प्रस्ताव, केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ।केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक राखे पनि अपरान्ह ५ बजेसम्म बैठक बसेको थिएन।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरू भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। तर पौडेल र देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने तयारी गरिएको हो।

कांग्रेसले भदौमा महाधिवेशन गर्ने हो भने देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ। संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस