फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, १२ : ५७
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल नियगले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ।  नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २(२ रुपैयाँ मूल्यवृद्धि गरेको हो। 

यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो। 

पछिल्लो वृद्धिसँगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ। निगमका अनुसार मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुनेछ।

हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

प्रतिक्रिया दिनुहोस