काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ ।
१५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ४ दशमलव ०९ अंकले वृद्धि भएको छ ।
कारोबार रकम १० अर्ब नाघेको छ । दिनभर भएका ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।
मंगलबार कारोबार खुलेसँगै बजार बढ्न थालेको थियो । बजार एक पटक ४४ अंकले वृद्धि भएको थियो भने एक पटकम माइनसमा झरिसकेको थियो । बढ्ने घट्ने क्रम चलिरहदा अन्तमा दोहोरो अंकले बढेर बन्द भयो ।
बजार बढे पनि अधिकांश कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । बुधबार धेरै कमाउनेमा भने बैंकका लगानीकर्ताहरु देखिएका छन् । बैंकिङ समूहको सब–इन्डेक्स ३८ दशमलव ४१ अंकले वृद्धि भएको छ । विकास बैंक६।४७ अंकले बढ्दा अन्य समूहमा रहेका कम्पनीहरुको सब इन्डेक्स ५।५४ अंकले वृद्धि भयो ।
मंगलबार व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि घटेको छ । कम्पनीगत हिसाबले हेर्दा धेरै कमाउनेमा चन्द्रागिरी हिल्स देखिएको छ भने दोस्रो नम्बरमा मिर्मिरे लघुवित्त र तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य धेरै बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ फागुन २०७७, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६४० अंकमा पुग्यो सेयर बजार
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
शेयर बजारमा सामान्य वृद्धि, बढ्यो कारोबार
सेयर बजार बढ्यो
सेयर बजार २६ सयमुनि झर्यो
२६०९ अंकमा झर्यो सेयर बजार, साढे ४ प्रतिशत घट्यो फाइनान्स