काठमाडौँ । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । दोस्रो पारीमा आर्मी १ सय ७५ रन बनाउँदा अलआउट भयो । पुलिसले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।
दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । हिजोदेखि सुरु भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको अन्तिम टोली घोषणा