काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा व्यक्तिको नाममा बनाउँदै धमाधम बिक्री वितरण गर्दै आइरहेका छन् ।
सरकारद्वारा २०७६ सालमा पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित सरकारी सार्वजनिक गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले समेत सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा जमिन सरकारी भएको निष्कर्ष निकाल्दै त्यसलाई सरकारको नाममा दाखिला गराउन सिफारिस गरेको थियो ।
सरकारले २०७६ साल ६ माघमा सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै १४ माघमा आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको थियो । सरकारले अख्तियारमा पठाएको एक वर्ष पुगिसक्दा समेत सो फाइल खुल्न सकेको छैन ।
जलाधार क्षेत्रको ९० प्रतिशतभन्दा बढी भूभाग भूमाफियाले विभिन्न बहानामा कब्जा गरी बिक्री वितरण गरिसककेका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ फागुन २०७७, ०५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीकापुरको करिब ७ बिघा जग्गा सरकारलाई फिर्ता हुने, ८७ जना दोषी ठहर (पुर्णपाठसहित)
पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव
अनुचित लेनदेन भएको खुलेपछि फिर्ता भयो सात कठ्ठा जग्गा
पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
सार्वजनिक जग्गाको विवरण खोज्न पुनः नापी मात्रै विकल्प
ऐलानी जग्गा खोज्दै विराटनगर महानगर