स्वास्थ्य जाँचका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्ली प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, ११ : ५३
स्वास्थ्य जाँचका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता खनाल नियमित स्वास्थ्य जाँचका लागि आज दिल्ली गएका हुन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । ‘स्वास्थ्य परीक्षणका लागि जानुभएको हो । चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराइले जानकारी दिए । खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस