विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले प्रदेश १ को हिउँदे अधिवेशनको आगामी बैठक पनि अवरोध रणनिती बनाएको छ ।अविश्वासको प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले आफ्नो पक्षमा बहुमत आउने ज्ञारेन्टी नभएसम्म बैठक अवरुद्ध गर्ने रणनीति बनाएका हुन् ।
ओली समूहका कारण सातौ हिउँदे अधिवेशनको माघ ७ र २५ गते बोलाइएको बैठकमा अवरोध सर्जना भएको थियो । ओली समूहले आफ्नो समूहले कारबाही गरेका प्रचण्ड माधव समूहका १६ जना सांसद्लाई प्रवेश गर्न नदिने अडान लिएपछि ७ माघको बैठक प्रदेश प्रमुखले बोलाएको पत्र पढेर स्थगित भयो ।
मुख्यमन्त्री शेरधन राईको विवाहका कारण १८ दिनपछि माघ २५ गते बैठकमा दोस्रो बैठकमा अविश्वासको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर सरकारको अवरोधपछि सभामुख प्रदीप भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरे ।
फागुन ९ गते बस्ने बैठक पनि अवरुद्ध गर्ने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । पार्टी विभाजनले औपचारिकता नपाएसम्म बैठकमा अवरोध गरिरहने उनले बताए । ‘दल विभक्त नभएसम्म बैठक अवरुद्ध हुन्छ,’ उनले भने, ‘पार्टीको संसदीय दलले १६ जनालाई कारबाही गरेको छ । कारबाहीमा परेका सांसदलाई प्रदेशसभामा प्रवेश गर्ने भए दल विभाजनले आधिकारिता पाउनुपर्छ ।’
आफूलाई पार्टीबाट नै बैठक सञ्चालनमा अवरोध गर्नका लागि निर्देशन आएको बताए । ‘ ९ गतेको बैठकका लागि माथिल्लो तहले कुनै सहमति गर्यो भने बेग्लै कुरा हो,’ उनले भने, ‘ सहमति भएन भने सर्कुलर अनुसार अवरुद्ध हुन्छ ।’प्रदेश १ मा गत पुस १२ गते मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड(माधव समूहका ३७ जना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० माघ २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य