सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १४ : ५७
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार सरकारको सिफारिसमा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ । बिहीबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका थिए । उनले कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्ष र राप्रपाको बहिष्कारका बीच विश्वासको मत लिएका थिए ।

सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नबसी अधिवेशन अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस