२३ जना महिलासहित ६४ जनाले गरे रक्तदान

बुधबार, ०७ चैत्र २०७४, १६ : १४
२३ जना महिलासहित  ६४ जनाले गरे रक्तदान

चितवन । मिलीजुली बहुउद्देश्य वचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिकोत्सव कार्यक्रमको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं ७ बुद्धचोकमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सहमहामन्त्री हरिप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका कोषाध्यक्ष रामराज पौडेलले स्वागत मतव्य राख्नुभएको कार्यक्रममा २३ जना महिलासहित  ६४ जनाले रक्तदान गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष भक्तराम दाहालको अध्यक्षता सम्पन्न भएको कार्यक्रम रविभद्र शर्मा खनालले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस