बीबीसी नेपाली सेवाका पत्रकार जोशी रेडक्रसबाट सम्मानित

बुधबार, ०७ चैत्र २०७४, १५ : ०५
बीबीसी नेपाली सेवाका पत्रकार जोशी रेडक्रसबाट सम्मानित

चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले बुधबार नारायणगढमा बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार ईश्वरकुमार जोशीलाई सम्मानित गरेको छ । शाखाको ४६औं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार जोशीलाई सम्मानित गरिएको हो ।

अधिवेशन उद्घाटन समारोहमा पत्रकार जोशी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पूर्वकार्यकारी निर्देशक डा. सीबी पुन, रेडक्रसकर्मीहरु रामचन्द्र उपाध्याय, धन्कीलाल गुरुङ, विष्णुमाया न्यौपाने र धनमानसिंह बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरी रेडक्रस उपशाखा कृष्णपुर, पार्वतीपुर, चनौली, महेन्द्रचोक, गीता

नगर र शुक्रनगरलाई कामको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले रेडक्रसको नमुना जिल्ला चितवनले समाज सेवाको क्षेत्रमा धेरै राम्रा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सहमहामन्त्री हरिप्रसाद न्यौपानेले चैत २८ र २९ गते विराटनगरमा नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन हुन गइरहेको जानकारी गराउनु भयो ।नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका स

भापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मन्त्री हरिप्रसाद पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनिता मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका यमबहादुर परियार, जिल्ला शिक्षा अधिकारी मनोज गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको आगामी कार्यकालका लागि तीन जनाले नेतृत्वका लागि आकांक्षा देखाएका छन् । सभापति पदका आकांक्षीहरुमा ज्ञानशाली न्यौपाने, अनिता मैनाली र विजय शर्मा भुषाल रहेका छन् । निर्वाचन प्रकृया सुरु गरिएको र सर्वसम्मत कार्यसमिति चयनको प्रयास पनि भइरहेको निर्वाचन अधिकृत एवं रेडक्रसका केन्द्रीय सदस्य विश्वराज नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस