सुर्खेत । कर्णाली प्रदेशमा हिउँदे अधिवेशनको कुनै सुरसार छैन । प्रदेशमा कानुन निर्माणलाई तिव्रता दिनुपर्ने भएपनि प्रदेश सरकारले भने यसतर्फ कुनै चासो देखाएको छैन । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपाभित्र विभाजन आएपछि कर्णालीको प्रदेशको हिउँदे अधिवेशन पनि अनिश्चित बनेको हो ।
सरकारले हिउँदे अधिवेशन कहिले बोलाउने भन्नेबारे तयारीसमेत गरेको छैन । प्रदेशसभाको बजेट अधिवेशन गएको कार्तिक ८ गते अन्त्य भएको थियो । सुरूमा कोरोना महामारी र पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाका बैठक नै प्रभावित पारेको हो । सत्तासिन दलभित्रको फुटको प्रभाव प्रदेशसभामा समेत परेको देखिन्छ ।
कर्णालीका मन्त्रीहरु पार्टी भित्रकै विभिन्न कार्यक्रमहरुमा सरिक हुने गरेका छन् भने सांसदहरु कोही फुर्सदिला बनेका छन् । कोही आ–आफ्नो गृहजिल्लामा व्यस्त छन् । दिनहुँ पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेका उनीहरूले प्रदेशसभाको बैठक बोलाउनेबारे कुनै सुरसार गरेका छैनन् । प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेशसभाको बैठक बस्ने विषयमा छलफल नै नभएको बताइन् ।
प्रदेशसभाको बैठक बोलाउने समय अझै बाँकी रहेकाले सरकारले आवश्यक ठानेमा फागुनको पहिलो सातासम्म बैठक बस्न सक्ने उनको तर्क छ । प्रदेश सरकारका मन्त्रीहरू पद जोगाउन खेमा परिवर्तन गर्नेदेखि आफ्नो समूहको भेला र छलफलमा केन्द्रित छन् भने सांसदहरू दुई समूहमा विभाजन भएर सत्ता समीकरणको खेलमा लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०७७, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य