ड्युटीमै बेहोस भएका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, ०९ : ०२
ड्युटीमै बेहोस भएका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

काठमाडौं । ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो। उनी दार्चुला लेकम गाउँपालिका ३ का स्थानिय बासिन्दा हुन्। उनी बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत थिए ।

सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो उनी आमहड्तालमा ड्युटीमा खटिएका थिए । हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए। डिआइजी चन्द्रप्रकाश गौतमका अनुसार उनलाई तत्कालै कलैया अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगियो । ‘त्यहाँ पनि उपचार नहुने अवस्था आएपछि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी गर्दैगर्दा उहाँको मृत्यु भयो,’ गौतमले भने।